सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ जना पक्राउ – Kanika Khabar
Sunday, August 9Nepali News Portal

सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ जना पक्राउ

    मा प्रकाशित

सल्यान । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा गोली चलेको थियो। कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर साथीहरूसँग शिकार खेल्न वनमा गएका थिए ।

शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट अचानक गोली चलेपछि पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको थियो । गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा सँगै रहेका ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही स्थानका ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्