सांसद आशिका तामाङको माग- नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन संशोधन होस् – Kanika Khabar
Monday, August 10Nepali News Portal

सांसद आशिका तामाङको माग- नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन संशोधन होस्

    मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी वर्तमान कानुनले नरोकिएको बताउदै भनिन्- ‘बर्खे महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौँ-करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् ।’

उनले ढुंगा, गिटी र बालुवा निकाल्न पाउनु हुँदैन भन्ने आफ्नो मनसय नरहेको बताउदै यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन भन्ने आफ्नो भनाई रहेको स्पष्ट गरेकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्