अर्को वर्षको अन्त्यसम्म एआईले डिजिटल काममा मानिसलाई उछिन्ने मस्कको दाबी – Kanika Khabar
Tuesday, September 1Nepali News Portal

अर्को वर्षको अन्त्यसम्म एआईले डिजिटल काममा मानिसलाई उछिन्ने मस्कको दाबी

    मा प्रकाशित

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तीव्र गतिमा भइरहेको भन्दै अमेरिकी उद्योगपति एलन मस्कले सन् २०२७ को अन्त्यसम्म कृत्रिम बुद्धिमत्ता प्रणालीले कम्प्युटर, इन्टरनेट र डिजिटल कामकाजमा मानिसलाई पछि पार्ने दाबी गरेका छन् ।

मस्कका अनुसार तथ्यांक प्रशोधन, प्रोग्राम निर्माण तथा अन्य जटिल डिजिटल काम कृत्रिम बुद्धिमत्ताले निकै छिटो गर्न सक्ने अवस्थामा पुग्ने बताएका छन् । तर भौतिक श्रममा भने तत्कालै मानिसको विकल्प बन्न नसक्ने उनको भनाइ छ ।

उनले कारखानामा उत्पादन, पूर्वाधार निर्माण तथा घर निर्माणजस्ता शारीरिक काममा मानिसको स्थान लिन मेसिनलाई अझै समय लाग्ने बताए । त्यसैले विज्ञान–कथामा देखाइएजस्तो रोबोटले मानिसमाथि नियन्त्रण गर्ने अवस्थाबाट अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

मस्कले कृत्रिम बुद्धिमत्ताको विकाससँगै साइबर सुरक्षा र प्रणाली ह्याक हुने जोखिम पनि बढ्दै गएको बताएका छन् । उनले गुगलका सहसंस्थापक ल्यारी पेजले करिब एक दशकअघि दिएको चेतावनी स्मरण गर्दै भविष्यमा कृत्रिम बुद्धिमत्ताले आफैँ सफ्टवेयरका कमजोरी पत्ता लगाएर प्रणालीमा प्रवेश गर्न सक्ने बताएका थिए ।

हालैका परीक्षणले पनि यस्तो जोखिम देखाउन थालेको मस्कको दाबी छ । एक सुरक्षा परीक्षणका क्रममा करिब १ हजार २०० कृत्रिम बुद्धिमत्ता प्रणालीले आन्तरिक सञ्जालमा सन्देश तथा फाइल आदानप्रदान गरेको र त्यसपछि सयौँ प्रणालीले अमेरिकी कम्पनी ‘हगिङ फेस’का प्रणालीलाई लक्षित गरेको विवरण सार्वजनिक भएको थियो ।

कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने अन्य कम्पनीका प्रणालीमा समेत आफैँ निर्णय गर्ने र अप्रत्याशित व्यवहार देखाउने घटना सार्वजनिक भइरहेकाले यसको सुरक्षित

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्