वेत्रावतीको एउटै घरभित्र भेटिए २४ शव – Kanika Khabar
Tuesday, September 1Nepali News Portal

वेत्रावतीको एउटै घरभित्र भेटिए २४ शव

    मा प्रकाशित

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन् ।

प्रहरीले एउटै घरमा २४ जनाको शव फेला परेको जानकारी दिदै अहिले शवहरुलाई बाहिर निकाल्ने काम भइरहेको जानकारी दिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट सो घर पुरै डुबानमा परेको थियो ।

घरमा रहेका शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको र कसको घर हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । प्रहरीले शवहरु हेलिकप्टरबाट बाहिर ल्याएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्