प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची – Kanika Khabar
Thursday, September 3Nepali News Portal

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    मा प्रकाशित

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा तीन वटा विषय कार्यसूचीमा राखिएका छन्।

बैठकअन्तर्गत कार्यसूची व्यवस्थापनतर्फ युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, सन्धिसम्बन्धी कार्यतर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता सदनसमक्ष पेस गर्नेछन् ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्