दाङभ्याली कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत – Kanika Khabar
Saturday, September 12Nepali News Portal

दाङभ्याली कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

    मा प्रकाशित

दाङ । दाङभ्याली कलेज, घोराहीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीको आयोजना तथा कलेज व्यवस्थापनको समन्वयमा शुक्रबार स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

कक्षा १२ का छात्र शशांक गौतमको अध्यक्षता तथा कलेजका पूर्वअध्यक्ष निर्मल देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए । गीत, नृत्यलगायतका सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख विष्णुबहादुर बञ्जाडे, कक्षा १२ की छात्रा अञ्जली केसी तथा कक्षा ११ की छात्रा सन्ध्या सापकोटाले शुभकामना तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक वातावरणमा घुलमिल हुँदै अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अध्ययनमा अघि बढ्न आग्रह गरेका थिए ।

कक्षा १२ का छात्र चुडामणि विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कक्षा १२ का छात्र सुविन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सहजीकरण कक्षा १२ का छात्र सुजन आचार्य, चुडामणि वली तथा छात्रा सञ्जु सुनार र स्मृति शाहले गरेका थिए । कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्