आशिका तामाङको प्रश्न- देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? – Kanika Khabar
Friday, September 11Nepali News Portal

आशिका तामाङको प्रश्न- देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ?

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ग्यासको हाहाकार भएको विषयमा सरकारको आलोचना गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले देशमा सरकारभन्दा ठुलो माफिया नै हो त भन्ने प्रश्न गर्दै ग्यास छैन भने सरकारले छैन भन्न सक्नु पर्ने बताइन ।

उनले भनिन्- ‘के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नुपर्ने दिन हेर्न हामीलाई जनताले दुई तिहाई मत दिएको हो त ? यदि साच्चै नै ग्यास छैन भने अहिले नै सरकारले ग्यास छैन भनेर घोषणा गर्नु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाउ भन्न सक्नुपर्यो ।

उनले मन्त्री फेरिएको प्रति पनि टिप्पणी गर्दै ग्यासका लागि महिनै पिच्छे मन्त्री फेरेर समाधान नहुने भन्दै भनिन्- ‘महिनै पिच्छे ग्यासको लागि मन्त्रीहरु परिवर्तन गर्दै जानेको भने ग्यासको लाइन भन्दा मन्त्रीको लाइन ठुलो बढी हुने छ ।’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्