वक्तृत्वकला प्रतियोगितामा गोरखा घोराहीका देवकोटा प्रथम – Kanika Khabar
Saturday, September 12Nepali News Portal

वक्तृत्वकला प्रतियोगितामा गोरखा घोराहीका देवकोटा प्रथम

    मा प्रकाशित


दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका आयुष देवकोटा प्रथम भएका छन् । आज शनिबार दाङको घोराहीस्थित माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ का विद्यार्थीका बिच सम्पन्न वक्तृत्वकला प्रतियोगितामा देवकोटा प्रथम भएका हुन् ।

प्रतियोगितामा गुरूकुल एकेडेमी घोराहीकी यशु बुढाथोकी द्वितीय, र माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलकी सलिना पौडेल तृतीय भएका छन् ।

प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीले विद्यार्थीहरूले आफ्नो विचार, तर्क र दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्।

वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै अधिकारीले वक्तृत्वकला बोल्ने कला मात्र नभई आफ्ना विचारलाई स्पष्ट, तार्किक र प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने माध्यम भएको बताए।

उनले आजका विद्यार्थी नै भोलिका समाजका नेतृत्वकर्ता भएकाले समसामयिक विषयमा सोच्ने, प्रश्न गर्ने र तथ्यका आधारमा धारणा निर्माण गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै अधिकारीले पुरस्कार प्राप्त गर्नु मात्र सफलता नभई मञ्चमा उभिएर आफ्ना विचार प्रस्तुत गर्ने साहस गर्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताए।

कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरी, केन्द्रीय सदस्य महेन्द्र अधिकारी, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन दाङका सचिव आदिम केसीले वक्तृत्वकलासम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतियोगितामा नेपाल पत्रकार।महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल , नेपाल संस्कृत विश्वविद्यालयाका उपप्रध्यापक किशोर चन्द्र गौतम र सामाजिक अभियन्ता विकिरण गौतम निर्णायक रहेका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सहसचिव कृष्णप्रसाद पोख्रेलले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्