सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा कारमा क्षति, दुई जना घाइते – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा कारमा क्षति, दुई जना घाइते

    मा प्रकाशित

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथिबाट ढुंगा खस्दा कारमा सवार दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ करिब ६: ३५ बजे पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको कारमाथि अचानक ढुंगा खसेर लाग्दा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

कारमा चालकसहित तीन जना सवार थिए । घटनामा दुई जना घाइते भएका छन् भने चालक सकुशल रहेका छन् । घाइते दुवै जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये बुटवल उपमहानगरपालिका–७ दिपनगरकी ३७ वर्षीया जुलन र बुटवलको जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकालको अवस्था मध्यम रहेको छ ।

कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध सकुशल छन् ।

सिद्धबाबा क्षेत्रमा सडक माथिबाट ढुंगा खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्