शिद्ध एकेडेमीद्वारा प्रधानमन्त्री विपद् कोषमा २५ हजार रुपैयाँ सहयोग – Kanika Khabar
Saturday, October 10Nepali News Portal

शिद्ध एकेडेमीद्वारा प्रधानमन्त्री विपद् कोषमा २५ हजार रुपैयाँ सहयोग

    मा प्रकाशित

घोराही । शिद्ध एकेडेमी घोराही, दाङले प्रधानमन्त्री विपद् कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ।

विभिन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले एकेडेमीले उक्त रकम प्रधानमन्त्री विपद् कोषमा प्रदान गरेको हो।

एकेडेमीका प्रिन्सिपल याशु पाण्डेले विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थाको तर्फबाट सहयोग गरिएको जानकारी दिनुभयो।

उहाँले विपद्का कारण समस्यामा परेका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोगी हातहरू अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

शिद्ध एकेडेमीले शिक्षा प्रदान गर्ने आफ्नो नियमित भूमिकासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ। प्रधानमन्त्री विपद् कोषमा गरिएको सहयोगले विपद् प्रभावित नागरिकको राहतमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्