अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि – Kanika Khabar
Monday, September 21Nepali News Portal

अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

    मा प्रकाशित

काठमाडौँ । यु–१६ अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले नेपाल बास्केटबल सङ्घ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो ।

त्रिपुरेश्वरसिथत राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने सो प्रतियोगिता यही असोज १३ गतेसम्म सञ्चालन हुने नेपालय इन्टरनेसनलका अध्यक्ष सुभाषचन्द्र प्रधानले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहनेछ । विद्यालय तथा युवा तहमा बास्केटबलप्रति बढ्दो आकर्षण, प्रतिभावान् खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमका रूपमा मात्र नभई विद्यालय तहबाटै प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउने लक्ष्य लिइएको प्याब्सनका उपमहासचिव तथा अतिरिक्त क्रियाकलाप संयोजक भुवनलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना, स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कारको विकास गर्दै नेपालको बास्केटबलको दीर्घकालीन विकासमा योगदान पु¥याउने उद्देश्य रहेको छ ।”

विशेषगरी यु–१६ तहका खेलाडीको प्रतिभा पहिचान तथा छनोटलाई प्रतियोगिताको महत्वपूर्ण उद्देश्यका रूपमा अघि बढाइएको छ । प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने तथा सम्भावना देखाएका खेलाडीलाई थप प्रशिक्षण, मूल्याङ्कन र विकासको प्रक्रियामा समेट्दै भविष्यमा राष्ट्रिय टोली निर्माण गर्ने आधार तयार गर्ने लक्ष्य लिएको अध्यक्ष प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिचान तथा विकास गरिएका प्रतिभावान् खेलाडीबाट सक्षम यु–१६ राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गराउने उद्देश्यलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको छ ।”

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्