कनिका खबर
भदौ ४, सिन्धुपाल्चोक
गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप ३ जनाको शव भेटिएको छ । यस अघि २५ जनाको शव भेटिएकोमा योसँगै मृत्यू हुनेको संख्या २८ पुगेको छ । ११ जना अझै बेपत्ताछन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए । हिजो एक बालक र २ महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरिक्षक हरि भट्टराईले जानकारी दिनुभयो । मृत्य्र हुनेमा ४२ बर्षकी जिबिरानी दोङ,५बर्षका सानुकान्छा दोङ र १८ बर्षकी ललिता दोङको शव फेला परेको हो । यो संगै पहिरामा ज्यान गुमाउने २८ पुगेको छ ।
शव फेला परिएकोमध्ये १५ जना पुरूष र १३ जना महिला रहेका छन् । त्यसमध्ये १४ जना बालबालिमा मात्रै रहेका छन् । पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
मा प्रकाशित