रौतहटमा गोली हानी एक पूजारीको हत्या – Kanika Khabar
Sunday, July 26Nepali News Portal

रौतहटमा गोली हानी एक पूजारीको हत्या

    मा प्रकाशित

कनिका खबर
भदौ ४, दाङ ।
बुधबार राति करिब साढे ९ बजेतिर रौतहट एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो ।

पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

मन्दिर परिसरमै पकाइएको खाना तयारी अवस्थामा रहेका बेला पुजारी साहलाई गोली हानी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

पुजारी साहको शव परीक्षणकाका लागि राति नै जिल्ला अस्पताल गौर ल्याइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्