रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै – Kanika Khabar
Saturday, October 3Nepali News Portal

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयमा छलफल हुनेछ । साथै विभिन्न विभागका प्रमुख र उपप्रमुख मनोनयनसम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियानका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ । अभियानको सञ्चालन र संगठन विस्तारसँग सम्बन्धित विषयमा बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ । त्यसैगरी मधेस प्रदेश संगठनको अडिट प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्