२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १८२ जना घाइते – Kanika Khabar
Saturday, October 3Nepali News Portal

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १८२ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १८२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ तथा लुम्बिनी र कोशी प्रदेशमा २-२ जना को मृत्यु भएको छ भने काठमाडौँ उपत्यका र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १८२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा ५६ जना, काठमाडौँ उपत्यकामा १२ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा ३९ जना, कर्णालीमा ७ जना र गण्डकीमा १०  जना घाइते भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्