आज विश्व शिक्षक दिवस मनाइदै – Kanika Khabar
Monday, October 5Nepali News Portal

आज विश्व शिक्षक दिवस मनाइदै

    मा प्रकाशित

काठमाडौँ । आज विश्वभर विश्व शिक्षक दिवस मनाइदैछ ।

विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।

विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो ।

यस वर्ष विश्व शिक्षक दिवसका लागि ‘शिक्षकहरूसँग ऐक्यबद्धता: ६० वर्षदेखि पेशाको संरक्षण, प्रतिष्ठाको अभिवृद्धि र हाम्रो भविष्य निर्माणमा योगदान’ भन्ने नारा दिइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्