पोखरामा स्कुल बस दुर्घटना – Kanika Khabar
Friday, October 9Nepali News Portal

पोखरामा स्कुल बस दुर्घटना

    मा प्रकाशित

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटनामा परेको छ ।

सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको समयमा बसमा करिब २१ जना विद्यार्थी सवार थिए ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य तीव्र पारेको छ । हालसम्म ५ जना घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्