दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ आजदेखि खुला – Kanika Khabar
Friday, October 9Nepali News Portal

दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ आजदेखि खुला

    मा प्रकाशित

काठमाडौँ । दशैँलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागमा भएको यातायात व्यवसायीसहितको बैठकले आजदेखि टिकट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको थियो । त्यसैगरी लामो तथा मध्यम दूरीका बसमा रिजर्भमा जाने बसका लागि फूलपाती देखि पुर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ । त्यसैगरी यस अवधिमा ढुवानीका सवारी साधनमा फलफुल, औषधि खाद्यान्न, खसी बोकासहित आपतकालीन बाहेक अन्य ढुवानीका यातायात संचालन नगर्ने निर्णय गरिएको छ ।

यातयात व्यवस्था विभागमा टिकटमा कालोबजारी रोक्न अनुगमन गरिने र कारवाही गरिने समेत विभागले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्