गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित – Kanika Khabar
Saturday, October 10Nepali News Portal

गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा गगनकुमार थापा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार थापाले ६ हजार ६८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार थापा निर्वाचित हुँदा खड्गी पराजित भएका छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०६५ बमोजिम सम्पन्न निर्वाचनमा मतदान प्रक्रिया सकिएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणनाको नतिजा सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन परिणामअनुसार कुल ७ हजार १३  मत खसेको थियो। तीमध्ये ६ हजार ६८४ मत थापाले र ३७५ मत खड्गीले प्राप्त गरेका छन्। ५४ मत बदर भएको उल्लेख छ।

सभापतिमा थापाको विजयसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। उनको नेतृत्वमा पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र समसामयिक राजनीतिक चुनौतीको सामना गर्ने विषयलाई चासोका साथ हेरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्