आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइदै – Kanika Khabar
Saturday, October 10Nepali News Portal

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइदै

    मा प्रकाशित

काठमाडौँ । आज विश्व मानसिक स्वास्थ्य दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । यसबर्षको विश्व मानसिक स्वास्थ्य दिवसको विश्वव्यापी नारा ‘अनुभवलाई सुनौँ : वास्तविक आवाज, वास्तविक परिवर्तन’ रहेको छ ।

मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।

विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संगठनले जनाएको छ । बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव लगायत समस्याले नेपालमा पनि मानसिक रोगीको संख्या हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई स्वास्थ्य कार्यक्रमभित्रै पनि जनस्वास्थ्यसँग समाहित गरिएको छैन । मानसिक रोगको आकलन, बिमारी र तिनका अभिभावकलाई सहजीकरण र भरथेग गर्ने, उपचार गर्ने जनशक्ति तथा समाजिक सेवाकर्ता अत्यन्तै कम छन् ।

संयुक्त राष्ट्रसंघले यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाका बारेमा चेतना जगाउने काम गरेको दाबी गरिरहेको छ । मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो दिवस मनाउँदै आएका छन् । मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या, उपचारात्मक, प्रतिरोधात्मक तरिका, संवेदनात्मक सहयोग, प्राथमिक उपचारका बारेमा जनचेतना फैलाउनका लागि यो दिवस मनाईदै छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्