आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै – Kanika Khabar
Tuesday, October 13Nepali News Portal

आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै

    मा प्रकाशित

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदैछ ।

हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ ।

यस बर्ष प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको मुख्य सन्देश ‘घरलाई सुरक्षित, किफायती र स्थानीय विपद्का जोखिम सामना गर्न सक्ने बनाउनु’ रहेको छ । यसको उद्देश्य घर तथा आवासलाई बाढी, पहिरो, भूकम्पलगायत स्थानीय जोखिमबाट सुरक्षित राख्दै विपद् सामना गर्न सक्ने क्षमता विकास गर्नु हो ।

यस बर्षको अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको नारा  ‘उत्थानशीलताको सुरुवात घरबाटै हुन्छ’ भन्ने रहेको छ ।

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

नेपाल छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि नेपालले पनि पछिल्ला समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको छ । समय-समयमा आउने भूकम्प होस् या  भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्