काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका महिला केन्द्रीय सदस्य पदको मतगणनामा वासना थापाले फराकिलो अग्रता कायम गरेकी छन्।
१५ पदका लागि भइरहेको प्रतिस्पर्धामा थापा निकटतम प्रतिस्पर्धीभन्दा ८ सय ३७ मतले अगाडि छन्।
निर्वाचन समितिका अनुसार हालसम्म ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ मत पाएकी छन्।
त्यस्तै, निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छन्। कुसुमदेवी थापाले २ हजार १२९ र धना कुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्।
अनिता देवकोटाले १ हजार ९३०, विनिता खड्काले १ हजार ८९२, लक्ष्मी पाण्डेले १ हजार ७७२ र सृजना अधिकारीले १ हजार ७६२ मत पाएका छन्।
यसैगरी मुना भुसालले १ हजार ६३२, चिनी पोखरेल ‘चिनु’ले १ हजार ५६४, रिता थापा मगरले १ हजार ५१०, कल्पना तिवारीले १ हजार ५०९, गङ्गा दाहालले १ हजार ४९२ र कान्तिका सेजुवालले १ हजार ४८१ मत प्राप्त गरेका छन्।
खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा थापाले सुरुवातदेखि नै बलियो पकड बनाएकी छन्। यद्यपि, मतगणना जारी रहेकाले अन्तिम नतिजा सार्वजनिक भएपछि मात्रै विजयी उम्मेदवारको टुंगो लाग्नेछ।


