अल फैसलमाथि अल नासर ३-१ गोलले विजयी – Kanika Khabar
Saturday, October 24Nepali News Portal

अल फैसलमाथि अल नासर ३-१ गोलले विजयी

    मा प्रकाशित

काठमाडौँ । साउदी प्रो लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल फैसललाई ३–१ गोलले पराजित गरेको छ । जितसँगै अल नासरले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।

अल नासरका लागि अब्दुल्लाह अल हमदानले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४९औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए । अल फैसलका तर्फबाट ६६औँ मिनेटमा बोंगोन्डाले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर, ७९औँ मिनेटमा आन्जेलोले गोल गरेपछि अल नासरले ३–१ को जित सुनिश्चित गरेको थियो ।

यस जितसँगै अल नासरको लिगमा १० खेलमा २५ अंक रहेको छ र समान अंक रहेको अल क्वाडसिआहपछि दोस्रो स्थानमा रहेको छ । रोनाल्डोले यस गोलसँगै आफ्नो व्यावसायिक खेल जीवनमा कुल गोल सङ्ख्या ९८२ पुर्‍याएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्