टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज – Kanika Khabar
Tuesday, October 27Nepali News Portal

टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज

    मा प्रकाशित

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् ।

प्याकेजमा ३३३ मिनेट अलनेट भ्वाइस कल गर्न सकिने सुविधा र प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । प्याकेजको समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेजको शुल्क मासिक भाडा शुल्कमै समावेश हुने नेपाल टेलिकमले जनाएको छ ।

यो प्याकेज २०८३ कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट *१४१५*९३ डायल गर्न सक्नेछन्। नेपाल टेलिकमको मोबाइल अनुप्रयोगबाट पनि प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाल टेलिकम आधिकारिक दूरसञ्चार साझेदारका रूपमा रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर सक्रिय रहेको कम्पनीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्