सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष – Kanika Khabar
Saturday, October 31Nepali News Portal

सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष

    मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यममा भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको सचिवालय बैठकले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाउदै शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

खरेलले समाचार कक्षमा पत्रकारमाथि धरपकड गर्ने कार्य किन, कसरी भयो छानबिन गर्न सरकारलाई निर्देशन दिएको बताए । उनले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने घटनालाई बैठकले गलत भनेको जानकारी गराए ।

उनले बैठकले रास्वपाले प्रेस स्वतन्त्र अक्षुण हुने भएकाले सरकारलाई आगामी दिनमा समाचारका विषयलाई लिएर पत्रकार र प्रकाशकलाई पक्राउ नगर्न निर्देशन दिएको बताए ।

समाचारको विषयलाई लिएर पत्रकार र प्रकाशकलाई सोधपुछ गर्ने कार्य अगाडि बढेको जानकारी पाउने बित्तिकै रास्वपाले विज्ञप्ति निकालेको स्मरण गराए । उनले छानबिनबाट दोषी देखिएकालाई तत्काल कारबाही गर्न निर्देशन दिइएको दोहोर्‍याए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्