न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय – Kanika Khabar
Saturday, October 31Nepali News Portal

न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय

    मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृतिहरू समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले न्यायाधीशहरूको नाम विभिन्न व्यक्तिहरूसँग जोडिएको विषय र अन्य विकृति समाधानका लागि संसदीय दललाई निर्देशन दिएर संसदबाटै प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने बताए । महाअभियोगबारे सोधिएको प्रश्नमा खरेलले उक्त विषय संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्र स्पष्ट हुने जानकारी दिए ।

त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोली छिट्टै चीन भ्रमणमा जाने पनि उनले बताए ।

बैठकले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाउदै शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको प्रवक्ता खरेलले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्