एनपीएलमा आज दुई खेल हुदै – Kanika Khabar
Friday, November 6Nepali News Portal

एनपीएलमा आज दुई खेल हुदै

    मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।

जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै सुदूरपश्चिम रिय्ल्सले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् ।

जारी प्रतियोगितामा चितवन राइनोजले ३ खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल रद्ध भएको थियो । त्यस्तै पोखरा राइनोजले भने लगातार तीन हार बेहोरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्