मा प्रकाशित
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
सोमबार बिहान ५ बजेदेखि सडक माथिबाट पहिरो खस्दा राजमार्गमा यातायात आवागमन पूर्ण रूपमा बन्द भएको हो।
पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिएका छन् । पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।
यसअघि आइतबार पनि सोहि ठाउमा पहिरो जाँदा सवारी आवागमन २ घण्टाभन्दा बढी अवरोध भएको थियो ।


