धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, नौ जना घाइते – Kanika Khabar
Friday, November 20Nepali News Portal

धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, नौ जना घाइते

    मा प्रकाशित

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।

गएराति रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित अन्य नौ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्