दिल्ली पुगे प्रधानमन्त्री शाह, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत – Kanika Khabar
Sunday, November 22Nepali News Portal

दिल्ली पुगे प्रधानमन्त्री शाह, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

    मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा गएका हुन् । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।

प्रधानमन्त्री शाहले आजै पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस. जयशंकरसँग होटल ताजमा हुने तालिका छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्