इरानलाई हुथी विद्रोहीलाई हतियार तथा अन्य सहयोग बन्द गर्न कतार र जर्मनीको आग्रह – Kanika Khabar
Sunday, November 22Nepali News Portal

इरानलाई हुथी विद्रोहीलाई हतियार तथा अन्य सहयोग बन्द गर्न कतार र जर्मनीको आग्रह

    मा प्रकाशित

काठमाडौँ । कतार र जर्मनीले इरानलाई आणविक हतियार अप्रसार सन्धि पालना गर्न तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य पुनः सुरु गर्न आग्रह गरेका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नोभेम्बर २० र २१ मा भएको जर्मनी भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा इरानलाई आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यमा सीमित रहेको सुनिश्चित गर्न भनिएको हो ।

दुवै देशले व्यापारिक जहाजमाथि इरानले गर्दै आएका आक्रमण र धम्कीको निन्दा गर्दै होर्मुज जलडमरूमध्यमा जहाज आवागमन अवरुद्ध गर्ने कुनै पनि गतिविधिको विरोध गरेका छन् ।

त्यस्तै, यमनका हुथी विद्रोहीलाई हतियार तथा अन्य सहयोग उपलब्ध गराउन बन्द गर्न पनि इरानलाई आग्रह गरेका छन् ।

यो वक्तव्य कतारले इरान र अमेरिकाबीचको द्वन्द्व अन्त्य गर्न मध्यस्थताको प्रयास गरिरहेका बेला आएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्