कनिका खबर
भदौ १, दाङ ।
जवरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँ पालिका वडा नं. ३ बस्ने बर्ष २६ का सन्दिप चौधरी रहेका छन् । उनलाई सर्वोच्च अदालतवाट मिति २०७३ भदौ २७ गते सामुहिक जबरजस्ति करणी मुद्दा फैसला भई १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकिएको थियो ।
जवरजस्ती करणी गरेर फरार रहेका सन्दिप चौधरीलाई खोजतलास गर्दै जाँदा मिति २०७७ भदौ ९ गते बेलुका साढे चार बजे राप्ती गाउँ पालिका वडा नं.३ मसुरियामा लुकिछिपी हिँडिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई कारबाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको छ ।


