सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुग्यो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौं ११, काठमाडौं
नेपालमा  कोरोना सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । आज थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित जानकारी दिने क्रममा यो जानकारी दिनुभएको हो । यसअघि हिजोको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या ३४ हजार ४ सय १८ थियो । आज काठमाडौं उपत्यकामा मात्रै थप ३ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना सङ्क्रमित थपिएका छन् । यसअघि हिजो काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना थिए । पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्