अप्ठेरोमा परेका नेपालीलाई फरक–फरक उद्दार नीति बनाउन सरकारलाई संसदीय समितिको निर्देशन – Kanika Khabar
Wednesday, July 29Nepali News Portal

अप्ठेरोमा परेका नेपालीलाई फरक–फरक उद्दार नीति बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

    मा प्रकाशित

कनिका खबर
भदौं १२, काठमाडौं
संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक, फरक उद्दार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ एनआएनएका प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको समितिका सभापति निरुदेबी पालले सीआईएनसँग बताउनुभयो । कुन देशको समस्या कस्तो हो, कस्ता नेपालीहरुलाई उद्धार गर्नुपर्ने र सम्बन्धित देशमा कोरोना भाइरस कोभिड–१९ को अवस्था के छ भन्ने समेत नहेरी सरकारले विदेशमा रहेका नेपाली उद्धारमा एउटै नीति लिँदा समस्या भएको राजदूतहरको गुनासो थियो । समितिले वैदेशिक रोजगारीमा देखिएका समस्या दीर्घकालीन समस्या समाधानका लागि तत्काल संयन्त्र बनाउन पनि समितिले निर्देशन दिएको छ । महिला तथा सामाजिक समितिले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको संख्या यकीन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्