नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित – Kanika Khabar
Friday, June 26Nepali News Portal

नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित

    मा प्रकाशित

कनिका खबर
भदौ १३, काठमाडौँ ।
आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेकाले आजका लागि तय भएको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा कार्यालय सहयोगीलाई सङ्क्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको बताईएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज छलफल गरेर आजको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । पार्टीमा दाहाल–नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्