कनिका खबर
भदौं १३, महोत्तरी
सोनमा गाउँपालिका वडा नं.७ सुन्दरपुर वडा कार्यालयले आफ्ना वडामा रहेका बालबालिकाका लागि पोषण भत्ता बितरण गरेको छ । कोरोना सङ्क्रमण बढिरहेकाले अहिलेको अबस्थामा बैंक जान समस्या हुने हुनाले कार्यालयमै बोलाई वितरण गरिएको कार्यालयले जनाएको छ । सामाजिक दुरीको पालनाका साथै मास्क र सेनेटाइजरको व्यवस्था गरी पहिलो,दोस्रो र तेस्रो किस्ता बराबरको रकम शुक्रबारदेखी वितरण गर्ने कार्य सुरु गरेको वडा सचिब रामज्ञान यादबले बताउनुभयो । सचिव यादबले हाल यस वडामा ४ सय ४७ बालबालिका सेवाबाट लाभान्वित रहेको र करिब १८ लाख १८ हजार रुपैयाँ बितरण गरिने जानकारी दिनुभयो । कार्यालय अन्तर्गत रहेका एकल महिला,अपाङ्ग र जेष्ठ नागरिकको भत्ता बराबरको रकम बैंकमा ट्रान्सफर गरिसकेको र अबको एक हप्तापछि बितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।
मा प्रकाशित


