पीसीआर परीक्षणको शुल्क घटाइयो – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

पीसीआर परीक्षणको शुल्क घटाइयो

    मा प्रकाशित

कनिका खबर
भदौंं १५, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रहे नरहेको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारी सहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले शुल्क ११ सय घटाएको हो । अब परीक्षण गर्दा अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै तिर्नुपर्ने निर्णय गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो । यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था थियो । हाल लक्षण देखिएका, कामको शिलशिलामा अग्रपङ्तिमा खटिएका व्यक्ति र विपन्न परिवारका व्यक्तिको भने निःशुल्क रुपमै कोरोना परीक्षण भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्