डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना – Kanika Khabar
Monday, July 27Nepali News Portal

डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना

    मा प्रकाशित

कनिका खबर
भदौं १६, डोटी
डोटी जिल्लामा रहेका नेपाली सेनाका २१ जना सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नं.४ सुल्लेकमा रहेको नेपाली सेनाको गरु बक्स गणमा कार्यरत २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनु भएको छ । त्यसैगरी दिपालय सिलगढी नगरपालिका वडा नं.६ का दुई जना र केआईसिंह गाउँपालिका वडा नं.४ का १ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा यति ठूलो संख्यामा सुरक्षाकर्मी सङ्क्रमण भएको यो पहिलो पटक हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्