मा प्रकाशित
कनिका संवाददाता
बैशाख २३, दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले सामाजिक दूरी कायम गर्न निर्देशन दिएकाे छ । अस्पताल, बैक तथा विभिन्न पसलमा देखिएकाे भीडभाडका कारण सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा परिषद्काे अाज मङ्गलबार बसेकाे बैठकले त्यस्ताे निर्देशन जारी गरेकाे हाे ।
अस्पताल, बैक, उद्योग वाणिज्य संघ तथा दाङ चेम्बरलाई सम्बाेधन गरी लेखिएकाे सूचनामा सामाजिक दूरी कायम गरी सेवा प्रदान गर्न व्यवस्था मिलाउन अनुराेध गरिएकाे छ ।