अन्तर्राष्ट्रिय उडान सुरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

अन्तर्राष्ट्रिय उडान सुरु

    मा प्रकाशित

कनिका खबर
भदौ १७, काठमाडौं
लामो समयदेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि चैत ९ गतेदेखि बन्द भएको उडान गएरातीबाट सुरु भएको हो । गएराति १ बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।
सरकारले सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै हिजोबाट उडान सुरु भएको हो । आज दिउँसो मलेसियाका लागि अर्को उडान हुनेछ । क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले सीआईएनसँग बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर सम्म अथवा असोज १५ गतेसम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ । सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ । उडानका लागि यात्रुले ७२ घन्टाअघिको कोभिड नेगेटिभ रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । यसरी परीक्षण नगरेका यात्रु समेत मिसाएर उडान गराएमा त्यसको क्वारेन्टाइन व्यवस्थापन खर्च सम्बन्धित विमान कम्पनीले नै बेहोर्नुपर्ने छ । नियमिततर्फको अन्तर्राष्ट्रिय उडान सुरु भए पनि आन्तरिक उडान भने खुला भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्