आज पनि देशका अधिकांस ठाउँमा पानी पर्ने – Kanika Khabar
Thursday, June 19Nepali News Portal

आज पनि देशका अधिकांस ठाउँमा पानी पर्ने

    मा प्रकाशित

कनिका खबर
भदौ १७, काठमाडौं
आज देशका अधिकांस ठाउँमा पानी पर्ने भएको छ । अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको र बेलुका अरु ठाउँमा पनि सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो । आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्