विद्यालय तहको पाठ्यक्रममा ७० प्रतिशत समायोजन हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

विद्यालय तहको पाठ्यक्रममा ७० प्रतिशत समायोजन हुने

    मा प्रकाशित

कनिका खबर
भदौ १७, दाङ ।
कोभिड १९ का कारण अन्योलमा पर्दै गएको शैक्षिक क्षेत्र कहिलेबाट सञ्चालन हुने भन्नेबारे अझै कुनै टुङ्गो लागेको छैन । शैक्षिक सत्रको ५ महिना बित्न लाग्दा समेत कोरोना महामारीका कारण अझै सञ्चालन हुन सकेका छैनन् । अब असोजबाट शैक्षिक संस्था भर्ना अभियानमा जान्छन् कि भन्ने अनुमान गरिए पनि त्यसको निश्चिचता भने छैन । पछिल्लो चरणमा समुदायस्तरमा नै फैलदै गएको कोरोना सङ्क्रमणका कारण विद्यालयका लागि त्यति सहज अवस्था देखिदैन । यसैबिच सरकारले विद्यालय तहको पाठ्यक्रममा न्यूनतम ७० प्रतिशतसम्म समायोजन गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोजबाट पठनपाठन हुन सके पाठ्यक्रमलाई झार्न सकिए विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि पुग्ने भन्दै समायोजनको बाटो खोजेको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले पाठ्यक्रमलाई न्यूनतम ७० प्रतिशतसम्म समायोजन गरिने बताएका छन् । समायोजनका बारेमा उनले थपे, “त्यसका लागि विषय समितिलाई जिम्मेवारी दिइएको छ ।”

विषय समितिले हरेक विषयका पाठ्यक्रममा के कसरी समायोजन गर्न सकिनेछ भनेर अध्ययन गरिरहेका छन् । सोही अध्ययनका आधारमा उनीहरुले केन्द्रसमक्ष समायोजन गरिने पाठ्यक्रमको नयाँ ढाँचा सिफारिस गर्नेछन् ।य परिषद्ले वैकल्पिक विधिबाट अध्यापन गरिएकोलाई औपचारिक मान्यता प्रदान गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्