परीक्षण रोकिएको मेचीको पीसीआर प्रयोगशाला केहीदिन भित्रै सुचारु हुने – Kanika Khabar
Sunday, July 26Nepali News Portal

परीक्षण रोकिएको मेचीको पीसीआर प्रयोगशाला केहीदिन भित्रै सुचारु हुने

    मा प्रकाशित

कनिका खबर
भदौ १७, झापा
रिएजेन्टको अभावमा रोकिएको मेची अञ्चल अस्पतालको पीसीआर प्रयोगशाला अबको केही दिन भित्रमा पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले दिनु भएको जानकारी अनुसार मेची अस्पतालको प्रयोगशालामा भई रहेको पीसीआर परीक्षण बिगत केही दिनयता स्थगित भएको छ । पीसीआर परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट (सिलिङ फोयल) को अभावका कारण प्रयोगशालाको नियमित परीक्षण रोकिएको प्रयोगशालाकी इन्चार्ज डा. प्रतिमा शर्माले बताउनु भयो । डा. शर्माका अनुसार नेपालमानै २ वटाको संख्यामा मात्र रहेका उच्च गुणस्तर सहितको परीक्षण मेशिन मेची अस्पतालको प्रयोशालामा प्रयोग भएकाले समेत पीसीआर परीक्षणका लागि आवश्यक पर्ने प्लेट कभरको अभाव भएको हो । स्विस सरकारको अनुदानमा प्राप्त मेशिन मेची अस्पतालको प्रयोगशालामा प्रयोगमा ल्याइएको थियो । डा. शर्माले दिनु भएको जानकारी अनुसार आवश्यक पर्ने रिएजेन्ट भारतबाट माग गरिएको र आउँदो शनिबारसम्ममा आई पुग्ने अनुमान गरिएको छ । रिएजेन्ट प्राप्त भएमा आउँदो आईतबारबाट प्रयोगशालाको नियमित परीक्षण सुरु हुनेछ । डा. शर्माले दिनु भएको जानकारी अनुसार प्रयोगशालामा हाल सम्म २५ सयबढीको पीसीआर परीक्षण गरिसकिएको छ । जसमा ३२ वटा नतिजा पोजेटिभ आउँदा बाँकी सबै नतिजा नेगेटिभ आएको छ । प्रयोगशालाले एकपटकमा करीब सयवटा नमुनाको परीक्षण नतिजा दिदैं आएको छ । प्रयोगशाला दुई सिफ्टमा सञ्चालन आएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्