नेकपा सचिवालय बैठक आज बस्दै – Kanika Khabar
Tuesday, October 4Nepali News Portal

नेकपा सचिवालय बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
भदौं १८, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्न लागेको छ । नेकपा महासचिव विष्णु पौडेलको संयोकजत्वमा बनेको विवाद समाधान कार्यदलले तयार गरेको प्रतिवेदनका विषयमा सचिवालय बैठकमा छलफल हुने भएको छ । बैठक बिहामन ११ बजे तय गरेपछि समय केही तलमाथि हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत साउन ३० गते गठन भएको कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनमा केन्द्रित भएर आजको सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन । प्रतिवेदनका विषयमा सचिवालयका ९ जनाले आ–आफ्नो धारणा राख्ने भएका छन् ।

आजको बैठकमा कार्यदलको प्रतिवेदनकै विषयमा केन्द्रित भई छलफल हुने अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । यस्तै आजको बैठकमा राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने विषयमा पनि छलफल हुनसक्ने सम्भावना रहेको बताइएको छ । अर्थमन्त्री युवराज खतिवडाको म्याद भदौ २० गते सकिने भएकाले खतिवडालाई निरन्तरता दिने भए सो सम्बन्धमा भदौ २० अघि नै निर्णय गर्नुपर्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्