करारमा रहेका स्वास्थ्यकर्मीको सेवा म्याद थपियो – Kanika Khabar
Monday, July 27Nepali News Portal

करारमा रहेका स्वास्थ्यकर्मीको सेवा म्याद थपियो

    मा प्रकाशित

कनिका खबर
भदौं १८, काठमाडौं
सरकारले करार र छात्रवृत्ति करारमा रहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिएर करारमा रहेका स्वास्थ्यकर्मी र नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरि छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा अवधि २०७७ साल पुष मसान्तसम्म थप गरेको हो । मन्त्री स्तरीय निर्णयबाट सेवा अवधि सकिएकाहरुको म्याद पुष मसान्तसम्म थप गरिएको मन्त्रालयका प्रसाशन शाखा प्रमुख रघुराम विष्टले बताए । उनले समायोजनमा परेका कर्मचारीहरुलाई तत्काललाई रवाना रोकी सम्बन्धीत निकायमै तलब भत्ता खानेगरि खटाउने निर्णय भएको बताउनुभयो । कोरोना महामारी विरुद्धको लडाईंमा जनशक्ति अभाव हुने हुँदा जनशक्तिको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयबाट स्विकृति प्राप्त भएका र समायोजनको क्रममा रिक्त रहेका स्थानमा कार्यविधि बनाई छोटो भर्ना प्रक्रियाबाट सम्बन्धीत निकायले लगायतको स्रोतबाट जनशक्ति राख्न सक्ने व्यवस्था पनि गर्न सकिने निर्णय भएको विष्टले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्