कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलिएको भन्ने बारे अध्ययन गरिने – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलिएको भन्ने बारे अध्ययन गरिने

    मा प्रकाशित

कनिका खबर
भदौं १८, काठमाडौं
सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा फैलिएको भन्ने बारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र यात्रा विवरण नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न लागेको हो । चिकित्सकहरूका अनुसार नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । पछिल्लो समय नेपालमा देखिएका ९६ प्रतिशत कोरोना सङ्क्रमित स्थानीय रहेको विज्ञहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा सुरेश तिवारीले नेपालमा पछिल्लो समय देखिएका सङ्क्रमित स्थानीय नै रहेको हुनाले समुदायस्तरमै कोरोना फैलिएको हो होइन भन्ने विषयमा पुष्टि गर्नका लागि अध्ययन गरिने बताउनुयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्