रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका र प्रहरीबिच झडप – Kanika Khabar
Thursday, June 19Nepali News Portal

रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका र प्रहरीबिच झडप

    मा प्रकाशित

कनिका खबर
भदौ १८, ललितपुर ।


ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीय र प्रहरीबिच झडप भएको छ । निषेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्न भेला हुँदा स्थानीयलाई प्रहरीले हटाउने क्रममा ललितपुरमा झडप भएको हो ।

झडपमा प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो ।
सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न । आफ्ना संस्कृति, परम्परामाथि प्रहरीले हस्तक्षेप गरेको स्थानीयको आरोप छ ।

फाइल तस्वीर

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्