भोटेकोशी बाढीका घाइतेको उपचारका लागि स्वास्थ्य क्षेत्र तयारी अवस्थामा – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

भोटेकोशी बाढीका घाइतेको उपचारका लागि स्वास्थ्य क्षेत्र तयारी अवस्थामा

    मा प्रकाशित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट घाइते भएकाको उपचारका लागि काठमाडौँका विभिन्न अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्सलगायतका संघसंस्थासँग पनि उपचार तथा उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ ।

घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा गरी १०० शय्या छुट्याइएको छ । प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना चिकित्सक र २ जना नर्स परिचालन भइसकेका छन् ।

त्यस्तै, नेपाल स्काउटका ५ जना चिकित्सक र ९ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा छन्। स्वास्थ्य सेवा विभागले घाइतेको उपचारका लागि आवश्यक औषधि प्रभावित क्षेत्रमा पठाउने तयारी गरिरहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रमा करिब १ हजार जनालाई पुग्ने आधारभूत औषधि तथा २४ वर्गफिटका १५ वटा पाल पठाउने तयारी गरेको छ । प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ । प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई समेत तयारी अवस्थामा राखिएको छ ।

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्