सल्यानको कपुरकोट बजार सिल – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

सल्यानको कपुरकोट बजार सिल

    मा प्रकाशित

कनिका खबर
भदौ १८, सल्यान ।
सल्यान जिल्लाको कपुरकोट बजार एक साताका लागि सिल गरिएको छ । जिल्लस्थित धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि आज बिहीबार गाउँपालिकामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।
संक्रमित ब्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यस अघि पनि समुदाय स्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिलाई कोरोना भेटिएपछि स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको गाउँपालिकाले जनाएको छ । आज बिहीबार राति १० बजेदेखि भदौ २५ गते राति १० बजे सम्मका लागि कपुरकोट गाउँपालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्