मुग्लिन–नारायणगढ सडकमा दुई पटक पहिरो, सडक पुनः सञ्चालनमा – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

मुग्लिन–नारायणगढ सडकमा दुई पटक पहिरो, सडक पुनः सञ्चालनमा

    मा प्रकाशित

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकैको खहरे खोलामा मंगलबार दुई पटक सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ७: ३० बजे खसेको सुख्खा पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएर करिब पाँच घण्टापछि सवारी आवागमन सञ्चालनमा ल्याइए पनि करिब डेढ घण्टामै सोही क्षेत्रमा फेरि सुख्खा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो ।

दोस्रो पटक खसेको पहिरो हटाएपछि करिब एक घण्टापछि सडकमा सवारी आवागमन पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ ।

सडक डिभिजनका अनुसार यो पहिरो खसेको स्थान पूर्ण रूपमा नयाँ भएकाले उक्त क्षेत्रमा थप पहिरो खस्ने जोखिम उच्च रहेको अनुमान गरिएको छ ।

सवारी चालकलाई सुरक्षाका लागि सो क्षेत्रमा एकतर्फी लेनबाट सावधानीपूर्वक, हतार नगरी सवारी सञ्चालन गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्